Connect IPS
IME Life

सूर्या लाइफले निकाल्यो आकर्षक रिपोर्ट, व्यापार १६% ले वृद्धि हुँदा जीवन बीमा कोष बलियो हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८० ) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा १ अर्ब ३२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।  गत आर्थिक वर्षको  सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जनमा १६ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै कम्पनीले १ अर्ब २६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले २० करोड ७३ लाख रुपैयाँ  खुद नाफा गर्न सफल भएको छ। समिक्षा अवधिमा नाफामा ८२ दशमलव ५४ प्रतिशतको वृद्धि देखिएको छ ।

Prabhu
Crest

२ अर्ब ५५ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ७१ करोड २२ लाख संचित छ। समिक्षा अवधिमा जगेडा कोष २७ दशमलव १२ प्रतिशतले घटेको छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्तवपूर्ण जीवन बीमा कोष २९ दशमलव ६५ प्रतिशतले वृद्धि हुँदै १४ अर्ब ९२ करोड पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा र प्रति शेयर किताबी मुल्य १२६ रुपैयाँ २२ पैसा छ ।

कम्पनीका अनुसार कम्पनीले ३३ करोड ५४ लाख कुल दावी भुक्तानी गरेको छ भने ५३ लाख ६७ हजार दावी भुक्तानी गर्न बाँकी छ ।  एक वर्ष अघिको तथ्यांक हेर्दा ५ करोड माथि भुक्तानी गर्न बाँकी दावी थियो । यसरी कम्पनीले ९० प्रतिशत भन्दा धेरैले भुक्तानी हुन् बाँकी दावी घटाउन सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%

खुसी

5%

दु :खी

11%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS