Connect IPS
IME Life

मंसिर ७ गतेसम्म शेयर किन्नेले नेशनल लाइफको १५% बोनश पाउने, यस्तो छ १० वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १० वर्षमा आफ्ना शेयरधनीलाई कुल २६७ दशमलव ७१९ प्रतिशत लाभांश विततरण गरेको छ । कम्पनीको यो १० वर्षको लाभांश इतिहासलाई हेर्दा नगद लाभांशलाईभन्दा पनि बोनश शेयरलाई प्राथमिकता दिएको देखिन्छ । कम्पनीले १० वर्षको अन्तरालमा कुल २२५ प्रतिशत बोनश शेयर वितरण गरेको छ भने कुल ४२ दशमलव ७१९ प्रतिशत मात्रै नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को लागि आफ्ना शेयरधनीलाई कुल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ भने ० दशमलव ७८९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्नका लागि मंसिर १८ गते एजिएम आब्हान गरेको छ ।

Prabhu
Crest

मंसिर ७ गतेसम्म शेयर किन्नेले नेशनल लाइफको १५ प्रतिशत बोनश शेयर पाउने
यस कम्पनीको प्रस्तावित २०७७/ ७८ को लाभांश वितरण प्रयोजनका लागि मंसिर ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ त्यसकारण मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
त्यसैगरी कम्पनीले आर्थिाक वर्ष २०७६/ ७७ को लागि आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश दिएको थियो । जसमा १९ प्रतिशत बोनश शेयर रहेको थियो भने १ प्रतिशत मात्रै कर प्रयोजनका लागि नगद लाभांश रहेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७५ /७६ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनश शेयर रहेको थियो भने ० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४ /७५ को लागि कुल १४ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा २ दशमलव ५ प्रतिशत बोनश शेयर दिएको थियो भने १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३ /७४ को लागि कम्पनीले कुल १३ दशमलव ५ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७२ /७३ को लागि २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७१ ७२ को लागि ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले आर्थिक ववर्ष २०७० /७१ को लागि ३० प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिएको थियो । त्यसैगरी कम्पनीले २०६९/ ७० को लागि ५५ प्रतिशत बोनश र १७ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीले आर्थिक वर्ष २०६८ /६९ को लागि २५ प्रतिशत बोनश शेयर मात्रै दिएको थियो ।

कम्पनीले वितरण गरेको यो १० वर्षको लाभांश इतिहासलाई हेर्दा राम्रो लाभांश वितरण गरेको देखिएको छ । कम्पनीले १० वर्षको अन्तरालमा सबैभन्दा धेरै २०६९/ ७० मा लगानीकर्ताले पाएका थिए । त्यस वर्षमा कम्पनीका लगानीकर्ताहरुले कुल ७२ दशमलव ५ प्रतिशत लाभांश पाएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS