IME Life New

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल र निप्स लुम्विनी प्रदेश द्वारा म्यानेजर ट्रेनिङ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि.को आयोजना र नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), लुम्विनी प्रदेश र लुम्विनी च्याप्टरको समन्वयमा कार्तिक २५ र २६ गते बुटवलमा दुई दिवसीय म्यानेजर तालिम सम्पन्न भएको छ ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिल देव सुवेदीको प्रमुख आतिथ्यतामा तालिम कार्यक्रम संचालन भएको थियो । उक्त तालिम कार्यक्रममा लुम्विनी प्रदेश साथै धनगढी शाखामा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत ७६ जना शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा प्रदेश प्रमुखहरुको सहभागीता रहेको थियो ।

Esewa
Crest

बीमाकर्मीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने हेतुले आयोजित उक्त कार्यक्रममा प्रशिक्षकहरुका रुपमा नेपाल बीमा प्राधिकरणका निर्देशक एवं बीमा ऐन २०७९ का मस्यौदाकार शुशिल देव सुवेदी, लुम्बिनी वाणिज्य क्याम्पसका एशोसिएट प्रोफेसर राजेन्द्र लम्साल, रिस्क एनालिष्ट उदय राज अधिकारी थिए । कार्यक्रममा व्यवस्थापकीय सीप, संस्थागत सुशासन, सम्पत्ती शुद्धिकरण तथा निवारण ऐन साथै जोखिम व्यवस्थापन लगायत विषयमा तालिम संचालन भएको थियो ।

उक्त कार्यक्रममा इन्स्योरेन्स इन्स्टिच्युट नेपालका तालिम संयोजक गणेश शर्माले कार्यक्रमको प्रभावकारिताका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्व दिपक नेपालले गरेका थिए । समापन समारोहमा बोल्दै अध्यक्ष नेपालले बीमा सेवामा विश्वसनियता अभिवृद्धि गर्न बीमाकर्मीहरुले ग्राहक तथा आम जनसमुदायमा सचेतना कार्यक्रम तथा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न भुमिका निर्वाह गनुपर्ने बताए । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक विक्रम कंडेलले राखेका थिए । साथै कार्यक्रम संचालन निप्स लुम्बिनी च्याप्टरका महासचिव रोहिणी श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS