IME Life New

जीवन बीमा कम्पनीहरुको कुन अवधि र पोलिसीमा बीमितको आकर्षण बढी ? कति पाइन्छ बोनस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आफ्नो बीमितहरुलाई दिने आर्थिक वर्ष २०७७ /७८ को लागि नयाँ बोनसदर धमाधम घोषणा गरिरहेका छन् । हालसम्म १० वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/ ७८ को लागि बीमितहरुलाई प्रदान गर्ने बोनसदर घोषणा गरिसकेका छन् भने बाँकि कम्पनीहरु पनि घोषणा गर्ने तयारीमा जुटेका छन् ।

हालसम्म आर्थिक वर्ष २०७७/ ७८ को लागि नेपाल लाइफ, मेट लाइफ, सूर्या लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई नेपाल, नेशनल लाइफ, प्राइम लाइफ, सिटिजन लाइफ, एशियन लाइफ र ज्योति लाइफ हुन् ।

Esewa
Crest

हाल बीमा कम्पनीहरुले प्रकाशन गरेको बोनसदरलाई हेर्ने हो भने विभिन्न वर्ष अवधिको पोलिसीमध्ये १५ देखि १९ वर्ष अवधिका बीमा पोलिसीहरु नै बढी मात्रामा विक्री भएको देखिन्छ । बढी अवधिका बीमा पोलिसीहरुमा कम्पनीले प्रदान गर्ने बोनसदर बढी नै भएता पनि १५ देखि १९ वर्ष अवधिका बीमा पोलिसीहरु बढी विक्री भएको कम्पनीहरुले प्रकाशन गरेको बोनसदरमा देखिएको छ ।
कुन कम्पनीको कुल पोलिसी बिक्यो सर्वाधिक

सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को लागि नयाँ बोनसदर घोषणा गरिसकेको छ । कम्पनीले प्रकाशन गरेको बोनसदरलाई हेर्ने हो भने कम्पनीको सिटिजन शुभारम्भ(सावधिक प्लस) जीवन बीमा योजना १५ देखि १९ वर्ष अवधिको सर्वाधिक विक्री भएको पाइन्छ । कम्पनीको यस पोलिसी ३६ हजार ४१८ वटा विक्री भएको छ । जुन कम्पनीले जारी गरेको सबै पोलिसीहरुमध्ये कै सर्वाधिक विक्री हो । यस पोलिसीमा बीमितहरुले ४० रुपैयाँ बोनस पाउनेछन् ।

प्राइम लाइफ इनस्योरेन्स कम्पनी
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७७ /७८ को नयाँ पोलिसीदरलाई हेर्ने हो भने कम्पनीको सावधिक जीवन बीमालेख १९ देखि १९ वर्ष अवधिको बढी विक्री भएको पाइन्छ । कम्पनीको यस पोलिसी ६६ हजार ९३ वटा विक्री भएको छ । यस पोलिसीमा बीमितहरुले ४५ रुपैयाँ बोनस पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७७/ ७८ को नयाँ पोलिसीदरलाई हेर्ने हो भने कम्पनीको १५ देखि १९ वर्ष अवधिको सावधिक जीवन बीमालेख सबैभन्दा धेरै विक्री भएको छ । यस पोलिसी ६१ हजार ३२ वटा विक्री भएको कम्पनीले प्रकाशित गरेको बोनसदरको सुचनामा उल्लेख गरेको छ । यस बीमालेखमा बीमितहरुले ४५ रुपैयाँ बोनस पाउने छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७७ /७८ को नयाँ पोलिसीदरलाई हेर्ने हो भने सावधिक(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी) बीमालेख ११ देखि १५ वर्ष अवधिको धेरै विक्री भएको छ । यस बीमालेख कम्पनीले २ लाख ९९ हजार ९७६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७७ /७८ को नयाँ पोलिसीदरलाई हेर्ने हो भने रिलायबल सुलभ जीवन बीमा योजना १५ देखि १९ वर्ष अवधिको पोलिसी बढी विक्री भएको देखिन्छ । कम्पनीको यस बीमालेख २३ हजार २ सय ८ वटा बिक्री भएको छ । यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् । यस कम्पनीले अन्य अवधि तथा अन्य बीमा पोलिसीभन्दा बीमितहरुको यस पोलिसीमा आकर्षण बढी देखिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७७/ ७८ को नयाँ पोलिसीदरलाई हेर्ने हो भने सावधिक जीवन बीमालेख १५ देखि २० वर्ष अवधिको यस पोलिसीमा ग्राहकहरुको बढी आकर्षण देखिएको छ । कम्पनीले यस बीमालेख १ लाख ८२ हजार ५४९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७७ /७८ को नयाँ पोलिसीदरलाई हेर्ने हो भने सावधिक जीवन बीमालेख १५ देखि १९ वर्ष अवधिको पोलिसी बढी विक्री भएको पाइएको छ । कम्पनीको उक्त बोनसदरलाई हेर्दा अन्य पोलिसीभन्दा यस पोलिसी १५ देखि १९ वर्ष अवधिको बढी विक्री भएको पाइन्छ । यस पोलिसीमा यस अवधिको २७ हजार ८५० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७७/ ७८ को नयाँ पोलिसीदरलाई हेर्ने हो भने सावधिक जीवन बीमालेख १५ देखि १९ वर्ष अवधिको बढी विक्री भएको पाइन्छ । अन्य अवधि तथा अन्य पोलिसीभन्दा बीमितहरुले कम्पनीको यस पोलिसीलाई बढी रुचाएका छन् । यस पोलिसी २८ हजार ७ सय ३६ वटा बिक्री भएको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

मेट लाइफ इन्स्योरेन्स कम्पनी
मेट लाइफ इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७७/ ७८ को नयाँ पोलिसीदरलाई हेर्ने हो भने शिक्षा संरक्षण जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान) १ देखि १५ वर्ष अवधिको धेरै विक्री गरेको छ । यस बीमालेख मात्रै २३ हजार २ सय २३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

कम्पनीहरुको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई कम्पनीहरुले संचालनमा ल्याएका मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

33%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS