Connect IPS
IME Life

क्यानेडाले सन् २०२५ सम्ममा वर्षेनी ५ लाख विदेशी कामदार भित्र्याउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पश्चिमी मुलुक क्यानेडाले देशमा प्रवेश गर्ने आप्रवासीहरूको संख्यामा ठूलो वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ । देशमा विद्यमान श्रम शक्तिको अभाव टार्नको लागी क्यानेडाको सरकारले सन् २०२५ सम्म प्रत्येक वर्ष ५ लाख आप्रवासी श्रमिक भित्र्याउने लक्ष्य राखेको छ ।

क्यानेडाका अध्यागमन मन्त्री सन फ्रेजरले मंगलबार आप्रवासी कामदारभित्र्याउने सरकारको नयाँ योजना सार्वजनिक गरेका हुन् । यस योजना अन्तर्गत आप्रवासी कामदारलाई स्थायी बसोबास अनुमति प्रदान गर्नेछ । साथै क्यानेडामै बसोबास गरिरहेका आप्रवासीको परिवारका थप सदस्य भित्र्याउने र कार्य कौशल र अनुभव भएका श्रमिक र शरणार्थीहरुलाई शरण दिने योजना रहेको छ । विपक्षी दल कन्जरभेटिभ पार्टीले पनि सरकारको यस कदमको स्वागत गरेको छ ।

Prabhu
Crest

नयाँ योजनाले नयाँ आगमनको बाढीको परिकल्पना गरेको छ । यस अन्तर्गत सन् २०२३ मा ४ लाख ६५ हजार आप्रवासी कामदार भित्र्याइनेछन् । क्रमश यो संख्या सन् २०२५ मा ५ लाख पुग्नेछ । गत वर्ष मात्र क्यानेडाको अध्यागमन विभागले ४ लाख ५ हजार आप्रवासीलाई स्थायी बसोबासको अनुमति प्रदान गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS