IME Life New

वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफले आयोजना गर्यो भव्य र्‍याली , बीमा जनचेतना अभिबृद्धि गर्ने मुख्य उद्देश्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिकोत्सवको सु अवसरमा साताव्यापी रुपमा देशभर विविभन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । यसैक्रममा कम्पनीले साताव्यापी कार्यक्रमको आज पाँचौ दिनमा बृहत र्‍याली कार्यक्रमको आयोजना गरी भव्य रुपमा समापन गरेको छ । बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने हेतुले यस कार्यक्रमको आयोजना गरेको कम्पनीले बताएको छ ।

कम्पनीले आज आयोजना गरेको बीमा साक्षरता अभियान र्‍याली थापाथली चोकबाट शुरु गरी माइतीघर मण्डला हुँदै बानेश्वर चोकमा पुगी फेरी थापाथली चोकमा आएर समापन गरेको हो । उक्त र्याली कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोष्कराज पौडेल, प्रमुख व्यवसाय अधिकृत, अपरेटिङ अफिसर, उपत्यकाभित्रका विभिन्न शाखा कम्पनीका ब्रान्च म्यानेजर, कम्पनीका कर्मचारी तथा अभिकर्ताहरु गरी ३०० भन्दा बढीको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको शुरुवाती अवस्थामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषराज पौडेलले बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने हेतुले यस कार्यक्रमको आयोजना गरेको हो । उनले भने हामीले वार्षिकोत्सवको अवसरमा साताव्यापी विविध कार्यक्रमको आयोजना गरी मनाइरहदा आज पाँचौ दिनमा बीमा चेतना अभिबृद्धिका लागि यस कार्यक्रमको आयोजना गरेको हो । समाजमा व्यक्तिलाई सुरक्षा गर्नका लागि अगाडी बढोस। शुभ कामका लागि अगाडी बढोस भन्ने सन्देश दिँदै आज हामी जति पाइला हिड्छौं त्यति नै राम्रो काम गर्न सकुँ भन्ने आत्माप्रण गर्दै जागौं जागौं सुरक्षाको अभियानमा जागौं भन्ने अभिप्रायले यस र्यालीको आयोजना गरेको बताए ।

Esewa
Crest

साथै, उनले सबैलाई बीमा दायरामा ल्याउन सकियो भने हाम्रो समाज पनि समृद्ध हुन्छ र सबैको भविष्य उज्जवल हुने कुरा बताए । बीमा क्षेत्रमा कार्यरत कर्मचारीले यस पेशालाई मर्यादित बनाउँदै लैजानका लागि बीमा जागरण अभियान अन्तर्गतको र्याली कार्यक्रमले सहयोग गर्ने बताए । सबै बीमितहरुलाई बीमा सेवा सरल र सहि ढङगबाट दिन, बीमा सेवा देशको कुना कन्दरासम्म पुर्याउनका लागि र आगामी दिनमा अझै उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

कम्पनीले वार्षिकोत्सवको सु अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गर्दै गर्दा पहिलो दिन फेसबुक पेजमार्फत फेसबुक लाइभ गरी बीमा जनचेतना सम्बन्धी हाजिरी जवाफ कार्यक्रमको आयोजना गरेको थियो । दोस्रो दिन देशव्यापी रुपमा विविभन्न शाखाले बृक्षारोपन, विभिन्न पार्क, धार्मिक स्थलहरुमा बृहत सरसफाइ, रक्तदान, स्वास्थ्य शिविर र विविभन्न शाखाहरुले केक काटेर कार्षिकोत्सव मनाएका थिए । तेस्रो दिन खाध्यन्न वितरण तथा खाना खुवाउने कार्यक्रमको आयोजना गरेको थियो, चौथो दिन स्वास्थ्य शिविर तथा बीमित कर्मचारीको सेवा सुविधाका लागि विविभन्न अस्पतालहरुसँग सम्झौता गरेको थियो । साताव्यापी कार्यक्रममो आज पाँचौ दिन बीमा चेतना सम्बन्धी र्याली कार्यक्रम गरेको छ । र्याली समापन कार्यक्रममा कम्पनीका सबैले तिहार पुर्व सन्ध्यामा देउसी भइलो कार्यक्र गरी रमाइलो गरेका थिए । कम्पनीले आजको यस कार्यक्रम भव्य रुपमा समापन गरेको छ ।

कार्यक्रमको समापन प्रमुख व्यवसाय अधिकृत भुषण रिमालले गरेका थिए । उनले कार्यक्रम समापनको समयमा बोल्दै सबै कर्मचारी, अभिकर्ता तथा यस सिटिजन लाइफमा आबद्ध सबैले कार्यक्रमलाई सभ्य भव्य ढङगबाट व्यवस्थिती रुपमा आयोजना गरेकोमा सबैलाई धन्यवाद व्यक्त गरे ।
बीमा सचेतनाका लागि यस्तो छ सिटिजन लाइफको नारा
समृद्धि तपाईको,
साथ हाम्रो

जीवन भरको साथि,
सिटिजन लाइफ नै काफी ।

जीवन बीमा जरुरी छ!
जरुरी छ ! जरुरी छ!!

उपचार खर्च
सिटिजन लाइफले गर्छ ।

योजना छन् फाइदा
धेरै छन् फाइदा

जागौं सबै जागौं
बीमा अभियानमा लागौं ।

हाम्रो सिटिजन
राम्रो सिटिजन

भविष्यको आधार
आमी जिम्मेवार ।

जीवन बीमाको उद्देश्य
भोलिको उज्वल भविष्य ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS