काठमाडौं । नेपाल आयल निगम लिमिटेडले लोकसेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मकद्धारा दरखास्त आब्हान गरेको छ निगमले रिक्त रहेको विभिन्न पदहरुमा जनशक्ति पदपूर्तिका लागि दरखास्त पेश गर्न आह्वान गरेको हो ।
निगमले निर्देशक तह १० देखि बाउजर अप्रेटर तहबिहिन पदका लागि गरी कुल ६० जना कर्मचारीका लागि दरखास्त आब्हान गरेको हो । जसमा कक्षा आठ पास गरेकादेखि स्नाकोत्तर गरी कार्यअनुभव भएकोसम्म कर्मचारीले निवेदन पेश गर्न भनिएको छ । सबै परीक्षा केन्द्र काठमाडौंमा हुनेछन् । १० औं तहका लागि १२ रुपैयाँ परीक्षा दस्तुतर तोकिएको छ । तहविहीनका लागि १ सय रुपैयाँ तोकिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा फर्म भर्नुपर्ने छ भने दोब्बर दस्तुर तिरि म्याद सकिएको ७ दिन भित्रमा निगमले तोकेबमोजिम दरखास्त दिन सकिने जनाएको छ ।