IME Life New

संस्थागत अभिकर्तामा आकर्षण, नयाँ ऐनमा एउटा मात्रै कम्पनीको पोलिसी बेच्न पाउने व्यवस्थाले कठिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संस्थागत बीमा अभिकर्ताको आकर्षणलाई नयाँ बीमा ऐनले केहि खिन्न बनाउने देखिएको छ । संस्थागत अभिकर्ताको लाइसेन्स लिएर भुक्तानी सेवा प्रदायकले एक भन्दा बढी कम्पनीको बीमा पोलिसी बिक्री गर्दै आएकोमा अवदेखि उनिहरुले एउटा कम्पनीको मात्रै पोलिसी बिक्री गर्न पाउने भएका छन् ।

अहिलेसम्मको अवस्थामा एउटै व्यक्तिले एक भन्दा धेरै कम्पनीको अभिकर्ता लाइसेन्स लिएर काम गर्दै आएका थिए । तर नयाँ ऐन कार्यान्वयन सँगै एउटा अभिकर्ताले एउटा कम्पनीको मात्रै बीमा पोलिसी बिक्री गर्न पाउने छ । बीमा ऐनको दफा ९१ को उपदफा ७ मा ‘बीमा अभिकर्ताको इजाजतपत्र दिदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ’ भनिएको छ ।

Esewa
Crest

यो नियम संस्थागत अभिकर्ताको हकमा पनि लागु हुने बीमा समितिले जनाएको छ । त्यसैले एउटा कम्पनी खोलेर एक भन्दा बढी कम्पनीको पोलिसी बिक्री गर्दै आएका संस्थागत अभिकर्ताले अवदेखि निश्चित एउटा कम्पनीको मात्रै पोलिसी बिक्री गर्न पाउने छन् ।

गत चैत भन्दा अगाडी संस्थागत अभिकर्ताको लाइसेन्स लिएका तीन सय ८६ वटा संस्थागत अभिकर्ताले नविकरण गरेका छन् । चैत भन्दा यता नयाँ संस्थागत अभिकर्ताको लाइसेन्स लिनेको संख्या पनि बढिरहेको छ । एउटा कम्पनी खोल्ने र विभिन्न कम्पनीहरुबाट छुट्टा छुट्टै बीमा अभिकर्ताको लाइसेन्स लिने अभ्यास चल्दै आइरहेको छ ।

एउटै व्यक्ति तथा संस्थाले विभिन्न कम्पनीको लाइसेन्स लिन पाउदा उनिहरुले एउटा कम्पनीमा बीमा गराइरहेका बीमितलाई सरेण्डर गराएर कमिशन धेरै आउने अर्को कम्पनीबाट पोलिसी खरिद गराइदिने प्रवृत्ती थियो । यदि एकै पटक दुई वटा कम्पनीको लाइसेन्स लिन नपाउने व्यवस्था गरियो भने यस्तो गलत अभ्यास नियन्त्रण हुने समितिको बुझाइ छ ।

बीमा समितिका अनुसार १९ वटै बीमा कम्पनीका संस्थागत अभिकर्ता छन् । सबैभन्दा धेरै संस्थागत अभिकर्ता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । नेशनलको ४६ वटा संस्थागत अभिकर्ताले नविकरण गरेका छन् । दोस्रो धेरै युनियन लाइफको ४० वटाले नविकरण गरेका छन् ।

एशियन लाइफबाट  ३१ वटा संस्थागत अभिकर्ताले नविकरण गरेको समितिले जनाएको छ । सूर्या लाइफबाट २७ वटा, सिटिजन लाइफ २६ वटा, मेट लाइफ २६ वटा, एलआइसी २३ वटा, प्रभु लाइफ २३ वटा, ज्योति लाइफ १८, नेपाल लाइफ १८, रिलायन्स १८, गुराँस लाइफ १२, प्राइम लाइफ १२, रिलायबल नेपाल १२, सन नेपाल १२, सानिमा लाइफ ९, महालक्ष्मी लाइफ ६ र राष्ट्रिय बीमा संस्थानबाट २ वटाले लाइसेन्स नविकरण गराएका छन् ।

निर्जीवन तर्फ पनि ४०२ वटाले संस्थागत अभिकर्ताले लाइसेन्स नविकरण गराएका छन् । जीवनको भन्दा निर्जीवनको संस्थागत अभिकर्ता धेरै छन् । निर्जीवन बीमा कम्पनीहरुले संस्थाहरु मार्फत बढि काम गर्ने भएकाले यस्ता संस्थागत अभिकर्ताको संख्या धेरै छ । संस्थागत अभिकर्ता सम्बन्धि निर्देशिका जारी भए पनि संस्थागत रुपमा काम गर्ने ट्रेण्ड नै बसेको छ । अर्को तर्फ विभिन्न किसिमका अन्य काम गर्दै आएका संस्थाहरु पनि बीमा प्रति आकर्षण देखिन्छन् ।

केहि संस्थागत अभिकर्ताले एक भन्दा धेरै बीमा कम्पनीबाट लाइसेन्स लिएका छन् । अहिलेको विध्यमान व्यवस्थामा एउटै संस्थाले छुट्टा छुट्टै बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिन पाइन्छ । जसले गर्दा अभिकर्ता कम्पनी खोलेरै बीमितको इच्छा अनुसार विभिन्न कम्पनीको पोलिसी बिक्री गर्न पाउथे । अव यसरी पाइदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS