IME Life New

बीमा प्राधिकरणले मागेको विवरण समयमा नबुझाउने कम्पनीलाई दैनिक एक लाखसम्म जरिवाना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले बीमा प्राधिकरणले माग गरेका विवरण समयमा पेश नगरे लाखौ रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ । बीमा ऐन तथा बीमा ऐन अन्तर्गत जारी भएका नियम, विनियम वा निर्देशन बमोजिम तयार गर्नु पर्ने विवरण वा प्रतिवेदन वा कागजात तोकिएको समयमा तयार नगरेमा यस्तो जरिवाना तोकिएको हो ।

त्यस्तै नियमन, निरीक्षण वा अनुगमन गर्दा प्राधिकरण वा सो कार्यका लागि प्राधिकरणबाट खटिएको कुनै अधिकारीले माग गरेको कागजपत्र, विवरण, तथ्याङ्क वा अभिलेख तोकेको अवधिभित्र उपलब्ध नगराउने बीमा कम्पनी, बीमा मध्यस्तकर्ता वा अन्य बीमा सेवा प्रदायकहरुलाई प्राधिकरणले तोकेको न्युनतम जरिवानाको अतिरिक्त बिलम्ब अवधिको पनि जरिवाना तिर्नु पर्ने भएको छ । ऐनले तोकेको जरिवानाका अतिरिक्त बीमकहरुले समयमा काजगपत्र नबुझाउदा निम्न थप जरिवना तिर्नु पर्नेछ ।

Crest

क)  बीमकको हकमा म्याद नाघेको एक हप्तासम्म दैनिक पच्चीस हजार रूपैयाँ तथा बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको हकमा दैनिक दुई हजार रूपैयाँ,

(ख) बीमकको हकमा म्याद नाघेको दुई हप्तासम्म दैनिक पचास हजार रूपैयाँ तथा बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको हकमा दैनिक पाँच हजार रूपैयाँ,

दुई हप्ता नाघेपछि नाघेपछि बीमकको हकमा जहिले सुकै भएपनि दैनिक एकलाख रूपैयाँ र बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको हकमा दैनिक दश हजार रूपैयाँ जरिवाना तिर्नु पर्नेछ । तोकिएको समयमा क्षति मूल्याङ्कन नगराएमा बीमकलाई प्राधिकरणले देहाय बमोजिमको जरिबाना गर्न सक्नेछ

क)   म्याद नाघेको एक हप्तासम्मको लागि दैनिक पाँच हजार रूपैयाँ

ख)   म्याद नाघेको दुई हप्तासम्मको लागि दैनिक दश हजार रूपैयाँ

ग)   खण्ड (ख) को अवधि नाघेपछि जहिले सुकै भएपनि दैनिक पच्चीस हजार रूपैयाँ,

बीमकले तोकिएको अवधिभित्र दाबी बापतको दायित्व निर्धारण नगरेमा वा मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा, तोकिएको समयभित्र दायित्व फर्स्यौट नगरेमा विषयको प्रकृति तथा गम्भीरता हेरी प्राधिकरणले दुई लाख रूपैयाँ देखि बीस लाख रूपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

बीमा ऐन वा बीमा ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश विपरीत बीमकले कुनै कार्य गरेमा वा प्राधिकरणले जारी गरेको निर्देशन वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रित नपुर्‍याई बीमा व्यवसाय गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिबाना गर्न सक्नेछः-

क)   पहिलो पटकको लागि दुई लाख रूपैयाँ,

ख)   दोस्रो पटकको लागि पच्चीस लाख रूपैयाँ,

ग)   तेस्रो पटक वा सोभन्दा बढीको लागि पटकै पिच्छे पचास लाख रूपैयाँ

बीमकले परिपालन सम्बन्धी प्रतिवेदन पेश नगरेमा प्राधिकरणले एक लाख रूपैयाँदेखि तीन लाख रूपैयाँसम्म जरिबाना गर्न सक्नेछ । बीमा ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका विपरीत बीमा मध्यस्थकर्ताले कुनै कार्य गरेमा वा यस ऐन बमोजिमको रित नपुर्‍याई बीमा सम्बन्धी कार्य गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिबाना गर्न सक्नेछः-

(क)  पहिलो पटकको लागि पाँच हजार रूपैयाँ,

(ख)  दोस्रो पटकको लागि पच्चीस हजार रूपैयाँ,

(ग)  तेस्रो पटक वा सोभन्दा बढीको लागि पटकै पिच्छे पचास हजार रूपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%

खुसी

0%

दु :खी

22%

अचम्मित

11%

उत्साहित

22%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS