काठमाडौं । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले १०६ जना नयाँ कर्मचारी पदपुर्तिका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले स्थायी पदपूर्ति गर्ने गरि विभिन्न १० वटा पदमा १०६ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले १० औं तहको विभागीय प्रबन्धकमा २ जना, ९ औं तहको सह विभागीय प्रबन्धकमा ६ जना, ७ औं तहको बरिष्ठ अधिकृत (सामान्य प्रशासन) मा ५ जना, ७ औं तहको बरिष्ठ अधिकृत (कानुन)मा १ जना, छैठौ तहको अधिकृतमा १० जना, पाचौं तहको बरिष्ठ सहायकमा १८ जना, ५ औं तहको प्राविधिकतर्फ ३ जना र चौंथो तहको सहायकमा ६१ जना गरि कुल १०६ जना कर्मचारीको माग गरेको हो ।
चौथो तहको सहायकमा आवेदन एसईईमा कम्तिमा २ जिपिए ल्याएकाले आवेदन दिन सक्ने छन्। ईच्छुकले कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर कार्तिक १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ