IME Life New

राष्ट्र बैंकले माग्यो ४३ जना कर्मचारी, दरखास्त दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ४३ जना कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले प्रशासन तर्फ ४२ र प्राविधिकतर्फ १ गरि कुल ४३ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले प्रशासनतर्फ १८ जना सहायक निर्देशक (अधिकृत तृतीय) र २४ जना सहयक (सहायक द्वितीय) माग गरेको हो । त्यस्तै प्राविधिकतर्फ आइटी तथा साइबर सेक्युरिटी अन्तर्गत १ जना सहायक तृतीय ९सहायक निर्देशक० माग गरेको हो ।

Esewa
Crest

सहायक निर्देशक पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सहायक निर्देशक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

त्यस्तै, सहायक (सहायक द्वितीय) पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा १० जोड २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। समावेशी समूहतर्फ फाराम भर्ने उम्मेदवारहरूले आदिवासीरजनजाति,मधेशी, दलित, अपाङ्ग र पि।क्षे।को लागि सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने जनाएको छ ।

इच्छुक तथा योग्य आवेदकले असोज ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म राष्ट्र बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS