Connect IPS
IME Life

आइएमई लाईफका संस्थापकले झण्डै रु.२ अर्ब पूँजी थप्दै, चैत्रभित्रै रु. १.२० अर्बको आइपिओ जारी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सले हकप्रद शेयरमार्फत् १४० प्रतिशत चुक्ता पूँजी थप्ने भएको छ । हकप्रद मार्फत् पूँजी थप्न बीमा समितिमा निवेदन दिएकोमा यसै साता समितिले स्वीकृति प्रदान गरेको समितिको कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिएका छन् ।

हालको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँको १४० प्रतिशतले हुने १ अर्ब ९६ करोड रुपैयाँ थप पूँजी यसको प्रबर्द्धक आईएमई समूह, ग्लोबल आईएमई बैंक लगायतले थप्ने भएका हुन् । हकप्रद शेयरमा लगानीपछि आइएमईको चुक्ता पूँजी ३ अर्ब ३६ करोड रुपैयाँ कायम हुनेछ । संस्थापक शेयरधनीहरुबाट हकप्रद वापतको पूँजी जुटाएपछि आइएमई लाईफले सर्वसाधारणमा शेयर जारी गरेर १ अर्ब २० करोड रुपैयाँ पूँजी जुटाउने योजना रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी गरिसकेपछि चुक्ता पूँजी ४ अर्ब ५६ करोड रुपैयाँ कायम हुनेछ ।

Prabhu
Crest

बीमा समितिले जारी गरेको नयाँ प्रावधान अनुसार जीवन बीमा कम्पनीले चैत्र मसान्तसम्ममा चुक्ता पूँजी कम्तीमा पाँच अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ । यो प्रावधान अनुसार चुक्ता पूँजी पुर्याउन आइएमई लाईफ इन्स्योरेन्सले यसै वर्ष सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने बाध्यता रहेको छ ।

पूँजी थप्ने स्वीकृति पाएसँगै ग्लोबल आइएमई बैंकले रिलायबल लाईफ इन्स्योरेन्स वा आइएमई लाईफ इन्स्योरेन्समा रहेको शेयर बिक्री गरेर चैत्र मसान्तसम्ममा आफ्नो लगानी झिक्नुपर्ने भएको छ ।

बीमा समितिले जारी गरेको बीमकको संस्थापक शेयर खरिदबिक्री निर्देशिका २०७७ अनुसार एउटै व्यक्ति, समूह वा संस्थाको उही प्रकृतिको एक भन्दा बढी बीमा व्यवसायमा १ प्रतिशतभन्दा कम मात्र शेयर लगानी हुनुपर्ने प्रावधान रहेको छ । यही प्रावधानका कारण आइएमई समूहले क्रस होल्डिङ गर्न नपाउने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS