काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चार्टड एकाउन्टेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, रिलेसनसिप म्यानेजरका लागि केही, अप्रेसन इन्चार्जका लागि केही, एक्जुकेटिभ सेक्रेटरी पदका लागि १ जना कर्मचारी माग गरेको छ ।
संस्थाले उक्त पदहरुको लागि स्नात्तक तह देखि स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असोज ५ गतेसम्म आवेदन दिनुपर्नेछ ।