IME Life New

राष्ट्रिय बीमा कम्पनीद्वारा बारामा हावाहुरी पीडितलाई राहत सामाग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बाराको परवानीपुर गाउँपालिकामा पुगेर हावाहुरीबाट प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। डिल्लीराज आचार्यसहित मुख्य व्यवस्थापक सुवास कोइराला, सुकल्याण पराजुली र शाखा कार्यालय विरगञ्जका कर्मचारीहरुलगायतको टोलीले पीडितहरूलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

Esewa
Crest

कर्मचारीहरुको २ दिनको तलब जम्मा गरेर ५० परिवारको लागि राहत सामाग्री प्रति परिवार १ बोरा चामल, ५ केजी दाल, ५ केजी चिउरा, नुन २ केजी, दालमोठ १ केजीका दरले वितरण गरिएको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले पीडितहरुको लागि दुस्ख परेको बेला सहायता स्वरूप राहत वितरण गरिएको कम्पनीका व्यवस्थापक प्रमुख कोइरालाले बताए ।

कम्पनीले मुख्यमन्त्री राहत कोषमा वडा अध्यक्षको रोहवरमा एक लाख रुपैयाँ सहयोग गरेको पनि कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS