IME Life New

रिलायबल नेपाल लाइफ छैठौं वर्षमा प्रवेश, मर्जरमा नगइ ५ अर्ब पुर्याउने यस्तो छ योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ १५ गतेदेखि अर्थात आजैका दिनदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६४ मंसिर १८ गते नै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई झण्डै १० वर्ष पछि अर्थात २०७४ साउन १८ गते बीमा समितिबाट जीवन बीमा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र ‘लाइसेन्स’ प्राप्त गरेको थियो । लाइसेन्स पाएको एक महिना पछि व्यवसाय नै शुभारम्भ गरेको थियो ।

कम्पनीले स्थापनाको छोटो समयमै स्थापित र प्रचलित ब्राण्ड बनाउन सफल भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरिने प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जानकारी दिए ।

Esewa
Crest

बीमा समितिले पुराना ठुला बीमा कम्पनीले माइक्रोइन्स्योरेन्स गर्न नसक्दा छुट्टै कम्पनीको स्थापनाको तयारी गर्दा रिलाबयल नेपालले भने स्थापनाकालदेखिनै माइक्रोइन्स्योरेन्स पोलिसीमा विशेष ध्यान दिएको थियो । बीमा समितिले गत शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमै रिलाबल नेपालको खुलेर प्रसंसा गरेका थिए । उनले रिलायबल नेपाल एउटा कम्पनीले माइक्रोइन्स्योरेन्स कम्पनीमा उदाहरणीय काम गरेको भन्दै प्रसंशा गरेका थिए । कम्पनीले न्युन आय भएका वर्गलाई माइक्रोफाइनान्स मार्फत माइक्रोपोलिसी बिक्री गर्ने क्रममा सर्वाधिक पोलिसी जारी गर्न सफल भएको छ।

कम्पनीले आफ्नो स्थापित ब्राण्डलाई मर्जर मार्फत अन्त्य हुन नदिने रणनीति बनाएको छ । बीमा समितिकै सहमतिमा कम्पनीले विध्यमान संस्थापकहरुबाट एक अर्बको पूँजीबाट २ अर्ब ८० करोड रुपैयाँ पुर्याइसकेको छ । अव यसै पूँजीमा आधारित भएर आइपिओ निष्काशन गर्ने तयारी समेत गरिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि एक अर्ब २० करोड रुपैयाँ आइपिओ निष्काशन गरेर ४ अर्ब रुपैयाँ पुर्याउने तयारी गरेको छ ।

बीमा समितिले कायम गरेको ५ अर्ब पूँजीका लागि नपुग एक अर्ब रुपैयाँ कम्पनीको जगेडा कोषबाट बोनस शेयर दिएर पुर्याउने लक्ष्य लिएको छ । कम्पनीका प्रवर्द्धकहरुमा ग्लोबल आइएमई बैंक, सेञ्चुरी कमर्सियल बैंक तथा नेपालका प्रतिष्ठित उद्योगी व्यवसायी, बैंकर, अर्थशास्त्रीहरु लगायतका व्यक्तित्वहरुको प्रतिनिधित्व रहेको छ । यसरी कम्पनीले आफ्नो छोटो समयमा स्थापित ब्राण्डलाई टिकाइ राख्न कम्पनीका सञ्चालक, संस्थापक शेयर र उच्च व्यवस्थापन अहोरात्र खटिइराखेका छन् ।

कम्पनीले गत आर्थिक वर्षमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तो कोष नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै हो । यस अवधिमा कम्पनीको जीवन बीमा कोष पनि ४ अर्ब ६० करोड रुपैयाँ नाघिसकेको छ । एक्चुरियल मूल्याङ्कन पछि कम्पनीको मुनाफा अझै बढ्न सक्ने भएकाले जगेडा कोषमा अझै रकम थपिने अनुमान गरिएको छ । यस्तो अवस्थामा रिलायबलले योजना बनाए जस्तो आइपिओ निष्काशन पछि कायम पूँजीमा २५ प्रतिशत बोनस शेयर दिएर सजिलै ५ अर्ब जुटाउन सक्नेछ ।

कम्पनीले विगतका वर्षमा माइक्रोपोलिसीमा विशेष ध्यान दिए पनि पछिल्ला दिनमा यसमा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण अव रणनीति परिवर्तन गर्ने योजना बनाएको छ । त्यसमा पनि बीमा समितिले माइक्रोइन्स्योरेन्सका लागि छुट्टै कम्पनी स्थापना गर्न थाले सँगै कम्पनीले अव फरक हिसावले अगाडी बढ्ने योजना बनाएको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जानकारी दिए ।

आजको दिनसम्ममा रिलायबल नेपालले १२ वटा जीवन बीमा योजना मार्फत बीमितलाई सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीले नेपालभर ८२ वटा शाखा कार्यालय र २० हजार ९६६ जना अभिकर्ता मार्फत जीवन बीमा व्यवसाय गर्दै आएको छ । कम्पनीले लघु तथा अन्य पोलिसी सहित ४२ लाख २२ हजार ७६६ वटा पोलिसी जारी गरिसकेको छ ।

बीमितले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था छ । बीमितहरुले प्राप्त गर्ने बोनसदर पनि हरेक वर्ष बढिरहेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि बीमितले अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म पुर्याउन सफल भएको छ । स्थापनाको ५ वर्ष पुरा गरी ६ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले नियामक निकाय, संस्थापक, अभिकरत्, बीमित, कर्मचारी लगायत सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS