काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले आन्तरिक लेखापरिक्षकका लागि २ जना, कानून अधिकृतका लागि १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा र सवारी चालकका लागि एक जना कर्मचारी माग गरेको जनाएको छ ।
उक्त पदहरुका लागि शैक्षिक योग्यता न्यूनतम आठ कक्षा पासदेखि स्नातक तहसम्म उर्तिण भएको हुनुपर्ने लघुवित्तले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले भदौ १६ गते बिहिबारसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।