काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले स्वतन्त्र विज्ञ संचालक नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको २०७९ भदौं ८ गते बसेको बैठकले अनिता रायमाझि टण्डनलाई स्वतन्त्र विज्ञ संचालकमा नियुक्त गरेको हो ।
साथै उक्त निर्णयलाई आगामी सातौ वार्षिक साधारण सभाबाट अनुमोदनका लागि प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।