IME Life New

मर्जर प्रक्रियामा रहेका प्रभु र महालक्ष्मी लाइफ मध्ये कुन उत्कृष्ट ? हेर्नुहोस तुलनात्मक अध्ययन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स  मर्जर प्रक्रियामा छन् । अहिलेसम्म दुवै कम्पनी बराबर स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका छन् डिडिए पश्चात स्वाप रेसियो तल माथि हुन नि सक्छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशन गरिसकेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्स आईपिओ निष्काशनको प्रक्रियामा रहेको थियो । मर्जरको सम्झौता गरे संगै आईपिओ निष्काशनको प्रक्रिया   स्थगित भएको छ।  दुवै कम्पनीले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन:

Esewa
Crest

चुक्ता पूँजीको आधारमा : कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरणको आधारमा प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ ।

नोट : महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार महिनामा ५० प्रतिशत थप हकप्रद शेयर निष्काशन पश्चात बाँडफाँड पनि गरिसकेको अवस्थामा चुक्ता पूँजी २ अर्ब १० करोड हुनुपर्नेमा उक्त हकप्रदको रकमलाई पूजिकृत गरिसकेको अवस्थामा पनि छैन।

जगेडा कोषको आधारमा :  प्रभु लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ४२ करोड ९६ लाख रुपैया संचित छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड ८७ लाख संचित छ ।

जीवन बीमा कोषको आधारमा : जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ३ करोड हुँदा महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब १२ करोड रहेको छ।

बीमा शुल्क आर्जन :  प्रभु लाइफले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ५३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा : प्रभु लाइफले ७ करोड २६ लाख खुद मुनाफा गरेकोमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद मुनाफा ११ करोड ७० लाख रुपैया रहेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

दावी भुक्तानीको आधारमा  : आर्थिक वर्ष ७८/७९ मा प्रभु लाइफले ४३ करोड ४१ लाख खुद दावी भुक्तानी गर्दा महालक्ष्मी लाइफले १८ करोड ९५ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

भुक्तानी हुन् बाँकी दावी : प्रभु लाइफको १ करोड ६२ लाख भुक्तानी गर्न बाँकी दावी हुँदा गर्दा महालक्ष्मी लाइफले २ करोड दावी भुक्तानी  गर्न बाँकी देखिन्छ ।

व्यवसायमा वृद्धि : गत  आर्थिक वर्ष ७८/७९ र अघिल्लो आर्थिक वर्ष ७७/७८ लाई दाँजेर हेर्दा प्रभु लाइफको खुद बीमा शुल्क आर्जन करिव ६४ प्रतिशतले वृद्धि हुँदा महालक्ष्मी लाइफको करिव ४२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS