काठमाडौं । नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदामा मर्जरको सहमति गरेका कम्पनीका आधारभुत शेयरधनीले कारोबार गर्न नपाउने व्यवस्था गरेको छ । आधारभुत शेयरधनीहरुमा ०.५ प्रतिशत भन्दा शेयर हिस्सा भएका शेयरधनीहरु पर्दछन् ।
यो निर्देशिका पारित भएमा मर्जरको क्रममा आधारभुत शेयरधनीहरु बाहेक सर्वसाधारण शेयरधनीहरुले भने दोस्रो बजारमा कारोबार गर्न पाउने छन् । निर्देशिकाको दफा ५ को उपदफा ५ मा प्रारम्भिक समझदारी भए पश्चात धितोपत्र बजारले गाभ्ने गाभिने वा लक्षित संगठित संस्थाका आधारभुत शेयरधनीहरुको कारोबार साधारणसभा सम्पन्न नभएसम्म रोक्का राख्नु पर्ने व्यवस्था गरेको छ ।
अन्य साधारण शेयरधनीहरुको हकमा भने एकिकृत कारोबार हुनुभन्दा १५ दिन अगाडी मात्रै रोक्का हुने व्यवस्था गरिएको छ । अहिले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गर्ने वित्तीकै दुबै कम्पनीको शेयर कारोबार रोक्का हुँदै आएको छ । तर मर्जर प्रकृयाँमा प्राप्ति गर्ने कम्पनीको भने कारोबार रोक्का हुँदैन ।