IME Life New

वैदेशिक रोजगार बीमालेख बिक्री झण्डै ३०‌ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कोरोना महामारीपछि ओरालो लागेको वैदेशिक रोजगारी अवसरमा कोरोना नियन्त्रणसँगै सुधार देखिन थालेपछि वैदेशिक रोजगार बीमालेख बिक्रीमा पनि सुधार आएको छ।

बीमा समितिले जारी गरेको आर्थिक वर्ष २०७८/७९ को जीवन बीमा क्षेत्रको तथ्याङ्क अनुसार वैदेशिक रोजगार बीमालेख बिक्रीमा संख्यात्मक हिसाबले २९.७८ प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

समितिका अनुसार आव २०७८/७९ मा जीवन बीमा कम्पनीले ८‌ लाख ९१ हजार १ सय १३ वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेका छन्। अघिल्लो आवमा ६ लाख ६ हजार ६ सय ४७ वटा वैदेशिक रोजगार बीमालेख बिक्री भएको थियो।

पुलमा सहभागी जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगारी बीमा पुलमार्फत् आलोपालो गर्दै यो बीमालेख बिक्री गर्दै आएका थिए। बीमा समितिले चालू आर्थिक वर्षदेखि वैदेशिक रोजगार बीमालेख बिक्री पुल मार्फत नभई जीवन बीमा कम्पनीले बेग्लाबेग्लै बिक्री गर्न पाउने प्रावधान लागू गरेको छ। यो प्रावधानपछि १९ वटै जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गर्न पाउने बाटो खुला भएको छ। तर जोखिम बहनको लागि नेपाल पूनर्बीमाबाट पूनर्बीमा सहयोग प्रदान गर्ने कार्य कायमै रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS