काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा,रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही, जुनियर असिस्टेन्टका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो उपत्यकात्रि तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।