काठमाडौं । कार्तिकमा नेपाल उद्योग परिसंघको शिक्षा परिषद र रोजगारदाता परिषदको संयोजनमा रोजगार तथा सीप मेला हुने भएको छ । सीएनआई रोजगार तथा सीप मेला २०७९ नामक मेलामा २ सयभन्दा बढी कम्पनीको सहभागी हुने परिसंघले जनाएको छ ।
यो मेलाले बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताको बारेमा जानकारी दिनेछ । साथै नेपालमा विश्वस्तरीय जनशक्तिको सिर्जना नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान पनि गर्नेछ ।
कार्तिक १७ देखि २इ गतेसम्म सञ्चालन हुने मेलामा २ सयभन्दा बढी कम्पनीको सहभागी रहनेछ । जसमा शैक्षिक संस्थाका विद्यार्थी, सेवा तथा उत्पादन मुलक उद्योगहरु, निजी तथ सरकारी अधिकारी र नवप्रबर्तन कम्पनहिरु रहनेछ । यस मेलालाई ५० हजारभन्दा बढीले अवलोकन गर्नेमा परिसंघको विश्वास रहृको छ ।