IME Life New

सगरमाथा इन्स्योरेन्सद्धारा बीमा अभिकर्ताका लागि आधारभुत तालिम सञ्चालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताका लागि आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । यस कम्पनीमा अभिकर्ताको रुपमा काम गर्न इच्छुक व्यक्ति तथा संस्थाका लागि ८ दिने तालिम सञ्चालन गर्न लागिएको कम्पनीमले जनाएको छ ।

अभिकर्ताको रुपमा काम गर्न इच्छुक व्यक्तिले एसएलसी उत्तिर्ण वा सो सरहको शैक्षिक योगयता पूरा गरेको हुनुपर्ने छ । शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको ३ प्रति फोटो सहित निवेदन पेश गर्नुपर्ने हुन्छ र साथै तालिम शुल्क भने १ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

अभिकर्ताको रुपमा काम गर्न इच्छुक संस्थाको हकमा भने सहभगी संचालक पदमा बहाल रहेको (कुन मितिदेखि कुन मितिसम्म वहालमा रहेको) प्रमाण खुल्ने आधिकारिक पत्र, बीमा अभिकर्ताको तालिममा सहभागि हुने सम्बन्धि संचालक समितिको निर्णयकोे माइन्युट, कम्पनीको प्रमाणपत्र तथा नियामवली, कम्पनी दर्ता प्रमाणपत्र, भ्याट,प्यान दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,निवेदन दिएको अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ताको प्रमाणपत्र र लेखा परिक्षण भएको वित्तीय विवरण समावेस गर्नुपर्नेछ । साथै तालिममा सहभागी सञ्चालकले न्यूनतम एसएलसी उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र र नेपाली नागरिकताको प्रतिलिपि सहित १ हजार रुपैयाँ शुल्क सहित निवेदन पेश गर्न कम्पनीले जनाएको छ ।

कम्पनिले ३० जनाभन्दा बढीलाई तालिममा सहभागी गराउन नसकिने जनाएको छ भने उक्त तालिम बुटवल शाखाबाट सञ्चालन गरिने छ । साथै उक्त तालिम भदौ १ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS