Connect IPS
IME Life

जनार्दन शर्माद्वारा पुनः अर्थमन्त्रीको पदभार ग्रहण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिचौलियाको निर्देशनमा बजेट तयार पारेको आरोप लागेपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्माले आइतबार पुनः अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

संसदीय छानबिन समितिले उनीविरुद्ध लागेको आरोप सम्बन्धमा छानबिन पछि दोषी नदेखिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई पुनः नियुक्त गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहणपछि उनले आइतबार साँझ नै सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

Prabhu
Crest

शर्माले चालू आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा मध्यरातमा अर्थमन्त्रालयमा बिचौलियासँग छलफल गरेर उनकै सुझाव अनुसार बजेटमा निश्चित व्यापारी समूहको स्वार्थपूर्ती गर्ने उद्देश्यले बजेटमा कर छुटलगायतको प्रावधान राखिएको आरोप लागेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS