IME Life New

चुनाव घोषणाको तयारीले शेयर बजारमा उछाल, बीमामा सर्वाधिक सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चुनाव घोषणाको तयारीले आइतबार शेयर बजारमा उछाल आएको छ । सरकारले चुनाव घोषणाको तयारी गरे सँगै आज नेप्से सूचक ५४.५८ अंकले सुधार भएको छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई केहि दिन अगाडी चुनाव घोषणाको मिति रोक्न दिएको निर्देशन दिएका थिए ।

जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनःनियुक्ति गर्ने भए सँगै अव केहि दिनमै सरकारले चुनाव घोषणा गर्ने तयारी गरेको छ । चुनाव घोषणा गरे सँगै हरेक पटक शेयर बजार बढेको इतिहास छ । यसले गर्दा दोस्रो बजारमा लगानीकर्ता उत्साहित देखिएका छन् । आजै अर्थमन्त्रीमा जनार्दन शर्माले पुनः सपथ ग्रहण गर्दै छन् । चुनाव पछि बैंकिङ प्रणाली तथा शेयर बजारमा कालोधन आउने भएकाले शेयर बजार सुधार भएको हो ।

Esewa
Crest

आज नेप्से सूचक २.५५ प्रतिशतले सुधार भएर २१९५.१० अंकमा रोकिएको छ । सूचक सँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिन्छ । आज मात्रै चार अर्ब ६० करोडको कारोबार भएको छ । आज सर्वाधिक धेरै बीमा कम्पनीका शेयर मूल्यमा सुधार हुँदा सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल, आइएमई जनरल, प्रुडेन्सियल, एनएलजी, युनाइटेड, नेशनल लाइफ छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS