काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । शुक्रवार कारोबार समयभित्र बोर्ड बैठक गरेको र बुक क्लोज दिनभन्दा ७ दिनअघि सूचना नदिएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो ।
कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विषेश प्रस्ताव सहित साधारण सभा बोलाएको तर नेप्सेलाई समयमा जानकारी नगराएको भन्दै कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको हो ।
नेप्सेले कम्पनीलाई स्पष्टीकरण माग गरेको छ । शुक्रवार बिहान ११ बजे बसेको कम्पनीको बोर्ड बैठकले ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारणसभा बोलाएको छ ।