Connect IPS
IME Life

७५% हकप्रद जारी गर्ने एजेण्डा सहित हिमाल दोलखाले बोलायो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले १३ औं र १४ औं वार्षिक वार्षिक साधारण सभा आगामी भदौ ३ गते गर्ने भएको छ । कम्पनीको साउन १३ बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभाको मिति तय गरेको हो । सभा काठमाडौंको नक्सालस्थित लिसारा हलमा गर्ने निर्णय गरेको हो ।

कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गरी अनुमोदन गर्नेछ । सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/ ७७ ७७७ /७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/ ७७ २७७ /७८ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायत सो संग सम्बन्धीत अनुसूचिहरु पारित गर्नेछ ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७८/ ७९को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत रहेको छ । कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्तापूँजीको ७५ प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ७५ कित्ता शेयर अनुपातमा हकप्रद शेयर जारी गर्न तयारी गरेको हो ।

सभाको साधारण प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ र २७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS