काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९२ अंकले बढेर २,१४० दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज १०३ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स लाइफ र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै बुद्ध भुमि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।