Connect IPS
IME Life

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब १९ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९२ अंकले बढेर २,१४० दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज १०३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज हाइड्रोपावर समुह, निर्जीवन बीमा समृह र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आज दिनभरिमा २१६ वटा कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ६ करोडमाथि शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स लाइफ र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै बुद्ध भुमि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS