IME Life New

थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ५४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २४ जना र २ हजार ४८४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५९४ पुगेको छ ।

Esewa
Crest

यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४२ सय नाघेको छ । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ एकको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १५ जना संक्रमितहरु निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS