काठमाडौं । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कोषले साउन २५ गते साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण साउन २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कोषले २७औं वार्षिक साधारण सभा भदौ ६ गते गर्ने जानकारी गराएको छ । सभाले आर्थिक वर्ष २०७७/ ७८सम्मको सञ्चित मुनाफाबाट प्रस्तावित ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।