काठमाडौं । शेयर बजार २७ अंकले घट्दा पनि आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेको छ । आज संस्थाको शेयर मूल्य ८.४१ प्रतिशतले बढेर ९४९ रुपैयाँ कायम भएको छ । दोस्रो धेरै बढ्नेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको शेयर मूल्य ६.०७ प्रतिशलते बढेर १०२४ रुपैयाँ कायम भएको छ । तेस्रो धेरै बढ्नेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको शेयर मूल्य ४.०१ प्रतिशतले बढेको छ ।
सर्वाधिक धेरै बढ्नेमा अन्य कम्पनीहरु क्रमश सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, स्वाभिमान लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, मैलुङ खोला जलविद्युत रहेका छन् ।