Connect IPS
IME Life

लगानीकर्ताको संयमताले लगातार आठौ दिन ‘ग्रिन क्यान्डल’, अझै पर्ख र हेरको अवस्थामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विगत १० दिनदेखि लगातार बढिरहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । कारोबारको अन्तिम १० मिनेटमा घट्न खोजे पनि अन्तिम एक मिनेटमा ४.८९ अंकको सुधार भएर बन्द भएको छ । शेयर बजार २७ गतेदेखि लगातार बढिरहेको छ ।

मौद्रिक नीतिको अपेक्षामा लगानीकर्ता संयमित भएको देखिन्छ । लगानीकर्ता संयमित हुँदा शेयर बजार आजसम्ममा १३३ अंकले सुधारिएको छ । सूचकमा सामान्य सुधार आउदा कारोबार रकममा पनि सामान्य सुधार देखिन्छ । बुधरबा नेप्से सूचक ४.८९ अंकले सुधार भएर २०५०.५९ अंकमा रोकिएको छ । आज एक अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा ५ वटा सूचक तल झरेका छन् । आज बाणिज्य बैंक, व्यापार, होटल, हाइड्रोपावर र जीवन बीमाको सूचक घटेको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै मल्टीपर्पस फाइनान्सको शेयर मूल्यमा सार्वाधिक धेरै सुधार हुँदा ५.६९ प्रतिशतले बढेको छ । गएका दिनमा लगातार बढिरहेको इमर्जीङ नेपालका शेयरधनीहरुले आज भने सर्वाधिक धेरै गुमाएका छन् । शिवम् सिमेन्टको सर्वाधिक धेरै १६ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा के कस्तो व्यवस्था गर्छ भन्ने अन्योलताले पनि शेयर बजार स्थिर भएको हो । यदि मौद्रिक नीति सकारात्मक आयो भने शेयर बजार सुधार हुनेछ । तर मौद्रिक नीतिले शेयर बजारलाई साथ दिन सकेन भने पुनः शेयर बजार तल झर्ने भएकाले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS