Connect IPS
IME Life

सयपत्री हाइड्रोपावरको आइपिओ साउन १३ गतेदेखि बिक्री खुला हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारण समुहको ७ लाख २१ हजार ६० कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छिटोमा साउन १७ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा मात्रै ढिलोमा साउन २७ गतेसम्म खुला राख्न सक्नेछ ।

कम्पनीले सर्वसाधारण समुहको ६ लाख कित्ता मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको एक लाख २१ हजार ६० कित्ता समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता जारी गर्ने भएको हो । उक्त शेयर मध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सामुहिक लगानीकोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ ।

Prabhu
Crest

कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरेर बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि जारी गर्ने भएको हो । सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि ३० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताहरुले मेरो शेयरको अनलाइन एप्लिकेसनका साथै सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्ने छन् ।

कम्पनीले २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ३८ लाख रुपैयाँ पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS