IME Life New

कार्तिकदेखि अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण नहुने, अझै ८० हजार अभिकर्ताले गरेनन् नविकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताहरु मध्ये ३२ प्रतिशतले अझै पनि नविकरण गरेका छैनन् । बीमा समितिका अनुसार अहिलेसम्म एक लाख ७० हजार अभिकर्ताले मात्रै नविकरण गरेका छन् । जवकी अभिकर्ताको लाइसेन्स लिनेको संख्या २ लाख ५० हजार छ ।

त्यस्तै १९ प्रतिशत सर्भेयरले अझै पनि आफ्नो लाइसेन्स नविकरण गरेका छैनन् । नियम अनुसार सर्भेयर तथा अभकर्ताले चैत मसान्त भित्रमा नविकरण गरिसक्नु पर्छ । यदि उनिहरुले असोज मसान्तसम्ममा तोकिएको जरिवाना सहितको दस्तुर भुक्तानी गरेमा लाइसेन्स नविकरण हुन्छ । तर यस अवधिमा उनिहरुले दस्तुर तिरेनन् भने कार्तिक एक गतेदेखि स्वत लाइसेन्स खारेज हुन्छ ।

Esewa
Crest

बीमा नियमावली २०४९ को दफा २२ अनुसार कुनै बीमा अभिकर्ताले चैत मसान्त भित्र आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा र सो कारण मुनासिव देखिएमा समितिले नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि एक सय रुपैयाँ र त्यसपछिको चार महिना सम्मको लागि प्रति दिन पाँच रुपैंयाँ थप दस्तुर लिई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण हुन्छ ।

अझै पनि केहि समय बाँकी रहेको हुँदा तोकिएको जरिवाना भुक्तानी गरेमा लाइसेन्स नविकरण हुने बीमा समितिका सहायक निर्देशक सम्भु प्रसाद मिश्रले जानकारी दिए । नियम अनुसार बैशाख र जेठ महिनासम्मको २ सय रुपैयाँ निवाना भुक्तानी गर्नु पर्छ । असार लाग्ने वित्तीकै अभिकर्ताले दिनको ५ रुपैयाँका दरले जरिवाना तिर्नु पर्छ । त्यसैले धेरै जरिवानाबाट बच्नका लागि पनि छिटो भन्दा छिटो अभिकर्ताको लाइसेन्स नविकरण गर्न मिश्रले आह्वान गरेका छन् ।

अभिकर्ता मात्रै नभइ सर्भेयरको पनि नविकरण नहुने क्रम बढेको छ । अहिलेसम्ममा एक हजार ८५ जनाले मात्रै आफ्नो सर्भेयरको लाइसेन्स नविकरण गराएका छन् । जवकी सर्भेयरको लाइसेन्स लिनेको संख्या १३४५ जना छन् ।

सर्भेयरको हकमा इजाजतपत्र नवीकरण गराउनको लागि “क” वर्गको इजाजतपत्र भए बाह्र हजार रुपैंयाँ, “ख” वर्गको इजाजतपत्र भए नौ हजार रुपैयाँ, “ग” वर्गको इजाजतपत्र भए सात हजार रुपैयाँ र “घ” वर्गको इजाजतपत्र भए पाँच हजार रुपैयाँ समेत संलग्न राखी अनुसूची –१५ बमोजिमको ढाँचामा समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

यदि चैत महिना भित्रमा नविकरण नगरेमा सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा सो कारण मुनासिव देखिएमा समितिले नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि पाँच सय रुपैयाँ र त्यस पछिको चार महिनासम्मको लागि प्रति दिन पचास रुपैयाँ थप दस्तूर लिई त्यस्तो इजाजतपत्र नवीकरण गरिदिन सक्ने व्यवस्था छ ।

किन हुँदैन नविकरण

बीमा अभिकर्ताको लाइसेन्स जुनसुकै बीमा कम्पनीले सहजै उपलब्ध गराउछन् । सजिलै लाइसेन्स पाउने भए पछि अभिकर्ताहरुले पनि लाइसेन्स नविकरणमा खासै ध्यान पुर्याएको पाइदैन । नेपालमा अझै पनि अभिकर्ता पेशा पुर्ण रुपमा व्यवसायिक हुन सकिरहेको छैन । लाइसेन्स लिए पछि आफ्ना परिवार भित्रका सदश्य र नातागोताको बीमा गराउने र त्यतिकै निक्रिय हुने प्रबृत्ती व्याप्त छ ।

नियम अनुसार एउटा अभिकर्ता उत्पादन गर्न बीमा समिति र बीमा कम्पनीको ठुलो स्रोत साधनको खर्च भएको हुन्छ । अभिकर्तालाई तालिम दिनेदेखि लिएर लाइसेन्स दिदासम्म केहि न केहि खर्च भएकै हुन्छ । तर कयौ अभिकर्ताले लाइसेन्स लिए पनि पोलिसी ल्याउन सक्दैनन् । यसरी पोलिसी ल्याउन नसक्ने अभिकर्ताहरुले पनि दोस्रो वर्षको लागि लाइसेन्स नविकरण गराउदैनन् ।

ठुलो संख्यामा अभिकर्ता लाइसेन्स नविकरण नहुँदै गर्दा यसलाई बीमा समितिले पनि अध्ययन गर्नु पर्ने देखिएको छ । यसले अभिकर्ताको स्थायित्वमा प्रश्न उठेको छ । अभिकर्ताको संख्या थप्ने काममा सक्रिय हुने बीमा कम्पनीहरु अभिकर्ताको स्थायित्वमा भने खासै ध्यान दिन सकिरहेका छैनन् ।

अभिकर्ताको लाइसेन्स लिएर पोलिसी ल्याउन नसक्ने अभिकर्तालाई बीमा कम्पनीहरुले पनि खासै प्रोत्साहित गर्दैनन् । जसले पोलिसी ल्याइरहेका हुन्छन् उनिहरुलाई इन्सेन्टिभ लगायतका सुविधाका प्याकेज दिन्छन् । कम्पनीले अभिकर्ताको लाइसेन्स दिनु भन्दा अगाडी नै सहि व्यक्तिको चयन गर्नु पर्ने हुन्छ । यदि अभिकर्ताको नविकरण धेरै भयो, पुराना अभिकर्ताको सक्रियता बढ्यो भने बीमा गुणस्तर पनि बढ्ने विज्ञहरु बताउछन् ।

आफ्नो परिवारका सदश्यको मात्रै बीमा गर्ने, मुस्किलले एक दुई वटा मात्रै पोलिसी भित्र्याउने अभिकर्ता भन्दा सक्रिय, व्यवसायिक अभिकर्ता भएमा समाजमा पनि अभिकर्ता प्रतिको छाप सकारात्मक हुँदै जान्छ । अवका दिनमा बीमा कम्पनीहरुले संख्यात्मक रुपमा अभिकर्ता बढाउने भन्दा पनि गुणात्मक रुपमा अभिकर्ता बढाउनु पर्ने देखिन्छ । अभिकर्ता जोखिम विश्लेषण गर्ने व्यवसायिक व्यक्ति हो । जसले बीमालाई राम्रो सँग बुझेका हुन्छन् उनिहरुले बीमाको दुस्प्रचार गर्दैनन् । जोखिमको सहि मूल्याङ्कन गरी राम्रो सँग अण्डराइटिङ गर्ने अभिकर्ता अहिलेको आवस्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS