GBIME
IME Life

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सले गरे मर्जरको सहमति, चुक्ता पूँजी ४ अर्ब १८ करोड पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । आज बिहान  ९  बजे होटल मेरियटमा  दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सानिमा  र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर पछि बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याउन केहि प्रतिशत हकप्रद शेयर जारी गर्नु पर्नेछ ।

SKYWELL
Crest

हाल सानिमाको  चुक्ता पूँजी २ अर्ब ८  करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १०  करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी ४ अर्ब १८  करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार जीवन  बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५  अर्ब  रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।

बीमा समितिको निर्देशन पछि यस भन्दा अगाडी एभरेष्ट र हिमलायन जनरल इन्स्योरेन्स कम्पनीले तथा प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स  सहमति गरेका थिए । जीवन तर्फ प्राइम, गुराँस र युनियन लाइफले  मर्जरको सहमति गरेका छन । तर अहिलेसम्म जीवन तर्फ कुनै पनि बीमा कम्पनीले एकिकृत कारोबार भने गरेका छैनन्  ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS