IME Life New

एक सातामा ९४ अंकले घट्यो शेयर बजार, जवरजस्ती बढाउन खोज्दा उल्टै घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार अव बुलिस ट्रेण्डमा रहेको आकलन गर्दा गर्दै यस साता नेप्से सूचक ९४ अंकले घटेको छ । अघिल्लो दुई सातामा २३८ अंकले सुधारिएको शेयर बजार यस साता भने लगातार तल झर्यो ।

यस अवधिमा बाणिज्य बैंकमा ३० अर्ब भन्दा माथिको निक्षेप बढेको, सिडी रेसियो घटेको, निर्वाचन आयोगले निर्वाचनको मिति प्रस्ताव गरेको तथा अर्थमन्त्रीले राजिनामा दिएको जस्ता सकारात्मक मानिएका सूचनाले पनि शेयर बजारलाई सुधार गर्न सकेन ।

Esewa
Crest

संस्थागत लगानीकर्ताले शेयर बजार सुधार गर्न खोजे पनि नेपाल धितोपत्र बोर्डले यहि समयमा नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी नयाँ व्यवस्था ल्याए सँगै विध्यमान ब्रोकरहरुले शेयर बजार घटाउन सबैभन्दा महत्वपुर्ण भुमिका खेलेका छन् ।

शेयर बजारमा ब्रोकर आफैले ४० प्रतिशत भन्दा माथिको कारोबार गर्छन् । नेपाल धितोपत्र बोर्डले ल्याएको नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी व्यवस्थाले बजारमा ठुला ठुला घरानाका ब्रोकर खुल्ने अवस्था सिर्जना भएको छ । यो भनेको अहिलेका ब्रोकरहरुको बजार खोसिनु हो ।

शेयर बजार धेरै नै तल झर्दा लागत मूल्य भन्दा पनि तल झर्न थाले पछि संस्थागत लगानीकर्ताहरु बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु नै बजार सुधार गर्ने पक्षमा थिए । तर उनिहरुले जति सुकै बजार सुधार गर्न खोजे पनि बढ्न सकेन ।

अर्को तर्फ अघिल्लो दुई सातामा २३८ अंकको सुधार हुँदा कतिपय लगानीकर्ताले चालु आर्थिक वर्षको व्याज, सावा, किस्ता र कर तिर्नका लागि पनि शेयर सप्लाइ बढेको छ । शेयर सप्लाइ बढ्दा सूचक पनि लगातार घटेको हो ।

आज सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा नेप्से सूचक ३४.७१ अंकले घटेर १९९२.६१ अंकमा झरेको छ । कारोबार रकम भने एक अर्ब १६ करोड रुपैयाँ नाघेको छ । केहि म्युचुअल फण्ड र डिबेन्चरको मूल्यमा सुधार देखिएको छ । यस बाहेक सबैभन्दा धेरै गुराँस लघुवित्तको शेयर मूल्य १९ रुपैयाँले बढेको छ । सर्वाधिक धेरै गुमाउनेमा हिमालयन उर्जाको मात्रै ५.४४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS