IME Life New

ब्रोकर लाइसेन्सको नयाँ व्यवस्था यथासिघ्र कार्यान्वयन गर्न लगानीकर्ताको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीकर्ताको संघ संघठनले संयुक्त रुपमा तीन तहको ब्रोकर लाइसेन्स सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि अनुरोध गरेका छन् । उनिहरु तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने नयाँ व्यवस्थाबाट खुसी भएका छन् । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति निकाल्दै आफ्नो लामो समयदेखिको माग सुनुवाइ भएको भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिएका छन् ।

लगानीकर्ताहरूले विगत लामो समयदेखि नेपालको शेयरबजारको विकास र विस्तारको महत्वपूर्ण कारकको रूपमा रहेको बैंक तथा वित्तीय संस्था वा बैंकको सहायक कम्पनीहरूलाई ब्रोकर लाईसेन्स, प्राकृतिक व्यक्ति वा संस्थालाई ‘फ्रि इन्ट्री, फ्रि एक्जिट’ को माध्यमबाट ब्रोकर इजाजत पत्र वितरण गर्नुपर्ने माग राख्दै आएका थिए ।

Esewa
Crest

उनिहरुको मागलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले “धितोपत्र व्यवसायी नियमावली २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेको छ । पूँजीबजारको विकास र विस्तारमा नेपाल धितोपत्र बोर्डबाट भएको उक्त धितोपत्र व्यवसायी नियमावली २०६४ को संशोधन प्रस्ताव अत्यन्त सराहनीय र प्रशंसनीय रहेको उनिहरुले जनाएका छन् । उक्त बुँदा कार्यान्वयनमा आएपछि पूँजी बजारको विकास र विस्तारमा कोशेढुङ्गा सावित हुने उनिहरुको भनाइ छ ।

लगानीकर्ताहरूले पूँजीबजारको क्षेत्रमा समयानुकुल विकास र विस्तारको लागि तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने कार्यको यथासिघ्र कार्यान्वयन गर्नको लागि नेपाल धितोपत्र बोर्ड मार्फत अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS