Connect IPS
IME Life

मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले मोरङका ग्रामथान, जहदा र कटहरी गाँउपालिकामा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिको आयोजनामा यही असार २० गते ग्रामथान गाउँपालिकामा र असार १९ गते जहदा तथा कटहरी गाउँपालिकामा अन्तर्क्रिया कार्यक्रम संचालन गरिएको थियो ।

ग्रामथान गाउँपालिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुले गाउँपालिकामा बीमाको पहुँच बढाउनका लागि आगामी आर्थिक वर्षमा बीमा सम्बन्धी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, उनले स्थानीय तहमा नै बीमा कम्पनीका शाखा कार्यालयहरु स्थापना गर्न आग्रह गरे ।

Prabhu
Crest

कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती दिएका थिए भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ग्रामथान गाउँपालिकाका उपाध्यक्ष गुणावती देवी थारु, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

यसैगरी, जहदा गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले कृषकहरुले सहजरुपमा कृषि तथा पशुपन्छी बीमा गर्न पाउने तथा बीमा दाबी पनि सहजरुपले पाउने व्यवस्था गर्न र कोरोना बीमाको दाबी भुक्तानी यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका थिए ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तु दिएका थिए । सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम संचालन एवम् स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

यस्तै, कटहरी गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जीवन बीमाका अभिकर्ता जस्तै कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको पनि गाउँपालिकामा सहज उपस्थिति हुनुपर्ने र दाबी भुक्तानी पनि सहजताका साथ समयमै पाउनुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती दिएका थिए भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम संचालन एवम् स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा कटहरी गाउँपालिकाका उपाध्यक्ष सीतादेवी राजबंशी, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, इन्स्योरेन्स प्रोफेशनल सोसाइटी, विराटनगर र नेपाल इन्स्योरेन्स सर्भेयर संघ, विराटनगरका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधि, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS