Connect IPS
IME Life

लगातार दुई दिनको गिरावटले लगानीकर्ता आत्तीए, गभर्नरको अभिव्यक्तिले त्रसिद

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार सुधारिएको शेयर बजारमा हिजो सोमबार र आज मंगलबार लगातार शेयर बजार ओरालो झर्दा लगानीकर्ता आत्तीएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विभिन्न छलफलका कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले दिएका अभिव्यक्तिले शेयर लगानीकर्ता त्रसिद भएका हुन् ।

अधिकारीले बैंकरहरुलाई एक वर्षको लाभांशको माया मार्न अनुरोध गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको प्रोभिजनिङ बढ्ने भएकाले बैंकहरुले चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश दिन नसक्ने उनको विश्लेषण छ ।

Prabhu
Crest

शेयर बजार विगत २ सातादेखि सुधारको लयमा थियो । यस अवधिमा दुई सय अंक भन्दा माथिको सुधार भइसकेको थियो । तर मौद्रिक नीतिमा थप कडाइ गरिने खालका कुराहरु आए सँगै लगानीकर्ताहरु त्रसिद भएका हुन् ।

मंगलबार नेप्से सूचक ४६.०८ अंकले घटेको छ । हिजो सोमबार पनि नेप्से सूचक ९ अंकले घटेको थियो । दुई दिनमा ५५ अंकले बजार तल झरेको छ । हिजो ४ अर्ब भन्दा माथिको कारोबार भएकोमा आज जम्मा २ अर्ब ९६ करोड रुपैयाँको मात्रै भएको छ । विगत दुई साताको अवधिमा सुधारिएको बजारबाट नाफा बुक गर्दा हिजो सर्वाधिक कारोबार भएको थियो ।

अव शेयर बजार मौद्रिक नीतिको कार्यदिशा अनुसार अगाडी बढ्ने निश्चित छ । यदि मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई सुधार गर्ने खालको साथै शेयर बजार मैत्री आयो भने मात्रै बजारलाई माथि जान टेवा पुर्याउनेछ ।

आज सर्वाधिक धेरै सिवाईसी नेपाल, ङादी र आधिखोला लघुवित्तीको शेयर मूल्यमा सुधार आएको छ । सर्वाधिक धेरै गुमाउनेमा घलेम्दी हाइड्रो रहेको छ । सर्वाधिक कारोबार हुनेमा अरुण कावेली, शिवम सिमेन्ट, हिमालयन डिष्ट्रलरी, अपरतामाकोशी छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS