काठमाडौं । पछिल्लो समयमा जन्म दिन, कुनै चार्डपर्व अलि फरक तरिकाले मनाइदै आएको पाईन्छ । अहिलेको समयमा प्रायजसो मानिसहरुले उपहार स्वरुप बीमा पोलिसी दिने गरेका छन् । श्रीमती असली तामाङको जन्मदिनमा पेम्बा तामाङले बीमा पोलिसी उपहार दिएका छन् ।
पेम्बाले श्रीमतीको थप उज्वल भविष्यको कामना गर्दै रिलायबल लाइफ इन्स्योरेन्सबाट २० लाख रुपैयाँको समुन्नति जीवन बीमा योजनाको पोलिसी उपहार दिएका हुन् । अभिकर्ता सलाम सिं तामाङको मध्यस्थता मार्फत उनले बीमा पोलिसी खरिद गरेका हुन् ।