काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको शेयरको बोलकबोल आज खोलिने भएको छ । ग्लोबल आइएमई क्यापिटलले यी दुई कम्पनीको बोलकबोल आज खोलिने जनाएको छ ।
यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ७ गतेदेखि र एन आई सी एशिया बैंकले ८ गतेदेखि १६ गतेभित्र ३५ दिने सूचना जारी गरेको थियो । यस अवधिभित्र प्राप्त भएका बोलपत्रहरु आज संस्थापक शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा बिहान १० बजे खोलिने जनाएको छ ।
जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर क्रमश ७ सय र ४५० रुपैयाँमा विक्री गरिने भएको छ ।