IME Life New

घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

उदयपुरको बेलका नगरपालिकाबाट ‘घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान’ सुरु  गरिएको छ । बीमामा आमनागरिकको पहुँच बढाउने उदेश्यले बीमा समिति, बीमा कम्पनी र नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटीको सहकार्यमा उक्त अभियान सुरु गरिएको हो ।

अभियानको उद्घाटन गर्दै समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले सम्भावित जोखिम बहनका लागि बीमा अपरिहार्य रहेको बताए । उनले कृषि लगायत सबै बीमामा आमजनताको पहँच पुर्याउन बीमा समितिले देशभर जनप्रतिनिधिको समन्वयमा काम गरिरहेको बताए । साथै कार्यक्रममा नेपाल बिमक संघका कार्यकारी सदस्य एवंम लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले आमनागरिकमा बीमा दाबी सम्बन्धी बुझाइ गलत भएका कारण बीमाको पहुँच विस्तार सहज हुन नसकेको विचार राखे ।

Esewa
Crest

कार्यक्रममा बीमा विज्ञ श्रीमान कार्कीले सबैको समृद्धिका लागि बीमाको आवश्यकता रहेको बताए । उनले जोखिम व्यवस्थापनको मूल आधार बीमा भएकाले सबैले अनिवार्य रुपमा बीमा गर्नुपर्नेमा जोड दिए । प्रभु लाइफ इन्स्योरेन्सका निमित्त कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले जनचेतनाको अभावमा बीमाको पहुँच सर्वसाधारण सम्म पुग्न नसकेको बताए । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक विक्रन्त पाण्डेले बीमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने भएकाले बीमा गर्दा बिमितलाई कहिल्यै घाटा नहुने बताए । उनले भने, बीमा गर्दा बीमितलाई कुनै घाटा छैन, बरु उल्टै फाइदै फाइदा छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS