IME Life New

कर्मचारी संचय कोषले पनि बढायो ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कर्मचारी संचय कोषले साउन १ गतेदेखि लागू हुने गरी ब्याज दर बढाएको छ। संचयकर्ता र निवृतिभरण कोषमा वार्षिक ७ प्रतिशतका दरले ब्याज दिंदै आएकोमा ८ प्रतिशत पुर्याएको छ।

साथै विशेष सापटीमा ९.१० प्रतिशत ब्याज लिने भएको छ।‌यसैगरी घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशतका दरले ब्याज दर कायम गरेको छ।

Esewa
Crest

जग्गा खरिद सापटी र सरल कर्जामा १०.२५ प्रतिशत ब्याज दर कायम गरिएको छ। धितोमा आधारित कर्जाको हकमा त्रैमासिकरुपमा नियमित कर्जा तिर्ने संचयकर्तालाई ब्याजदरमा ०।२५‌प्रतिशतको दरले छुट दिइने घोषणा समेत संचय कोषले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS