काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजार घटेको छ । आज परिसूचक २३ दशमलव ८५ अंकले घटेर १,९३३ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मुल्य बढेको छ भने १६८ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।
आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ९ दशमलव १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।