काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १३ औं र १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा नयाँ बानेश्वरस्थित अर्पण व्याङक्वेटमा सम्पन्न भएको हो ।
साधारणसभाले विभिन्न प्रस्ताव उपर छलफल गरेको छ । आर्थिक वर्ष २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गरी पारित गरेको छ ।
कम्पनीको अध्यक्षमा राम श्रेष्ठ निर्वाचित भएका छन् । कम्पनीको आज बसेको संयुक्त वार्षिक साधारण सभाले उनलाई दोस्रो कार्यकालका निर्विरोध निर्वाचित गरेको हो ।
साधारण सभाबाट संस्थापकतर्फ श्रेष्ठसहित चार र सर्वसाधारणतर्फ एक महिला सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने अन्य सदस्यहरूमा दिनेशप्रसाद श्रेष्ठ, रामप्रसाद सापकोटा र दृष्टान्त तामाङ्ग बम्जन छन् । त्यस्तै, सर्वसाधारण तर्फबाट रेणुका लिम्बु निर्विरोध निर्वाचित भएका छन् ।