IME Life
GBIME

शेयर बजारमा उत्साह, परिसूचक ९४ अंकले बढ्दा १९५ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १,९५६ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनीको शेयर मुल्य बढेको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभनदा धेरै इन्भेष्टमेन्ट र विकास बैंक उपसूचक बढेका छन् ।

आज दिनभरिमा २३० वटा कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बजार पुरानो लयमा फर्किन लागेको छ । लगानीकर्ताहरुको १९ बुँदे मागलाई बोर्डले सम्बोधन गरेसँग नेप्से बढेन थालेको हो ।

Crest

आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शयरमुल्य २०३ रुपैयाँ रहेको छ । हिमालयन डिष्लिरीको ८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रप पावरको ८ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज नविल बैंकको ६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज २१ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ३१ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएको हुँदा लगानीकर्ता उत्साहित भएका छन् ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले गमाएका छन् । कम्पनीका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS