Connect IPS
IME Life

स्थानीयमा निष्काशन गरेको अपर हेवाखोलाको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले जेठ १० गतेदेखि २४ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि ५ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर विक्री गरेको थियो ।

उक्त अवधिमा रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा सम्पूर्ण कित्ता आईपीओ असार १० गते बाँडफाँड गरिएको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

Prabhu
Crest

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ बाँडफाँड गरेको उक्त कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ । दोस्रो चरणमा कम्पनीका कर्मचारीसहित सर्वसाधारणमा १५ लाख कित्ता शेयर जारी गर्नेछ ।

हाल संस्थापकतर्फ ६० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर बाँडफाँड गरेको छ भने सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS