काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शेयर बजार घट्नुको मुख्य कारण राष्ट्र बैंकको ४/१२ को नीति रहेको बताएका छन् । शेयर बजारका विज्ञहरुले नेपाल राष्ट्र बैंकको नीतिले पनि शेयर बजारमा असर पारिरहेको बताएको भन्दै यसमा नेपाल राष्ट्र बैंक सहित वित्तीय क्षेत्रका नियामक निकायहरु संयमित हुनु पर्ने बताएका छन् ।
शेयर बजार सुधारका १९ बुँदे माग राख्दै आमरण अनसनमा बसेका तिलक कोईरालालाई संबोधन गर्ने क्रममा हमालले कतिपय माग बोर्डले कार्यान्वयनको चरणमा लगेको बताएका छन् । बोर्डले गर्न सक्ने काम गरिरहेको र बोर्डले गर्न नसक्ने कामका लागि समन्वय गरिरहेको भन्दै उनले कोईरालालाई अनसन तोड्न समेत आग्रह गरेका छन् ।