काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र ट्रेड टावर लिमिटेड बिच सम्झौता भएको छ । यी दुइृ कम्पनीले एक समारोहका बीच आइपीओ प्रत्याभूतिकर्ताका लागि सम्झौता गरेका हुन् । ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।